अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेर बिच भेटवार्ता


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबिच भेटवार्ता भएको छ ।

अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

“नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भने“संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ।”

उनले दुई देशका बिचमा यस अघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,“आगामी दिनमा नेपाल र आयरल्याण्डका संसदबीच सासद र कर्मचारी दुबै तहमा भ्रमण आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुबै साँसद लाभान्वित हुनेछन् ।”

अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बिचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउँन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुबै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए ।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

आयरल्याण्डमा बस्ने नेपालीहरूले त्यहाँको औषधी उद्योग र स्वास्थ्य क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै त्यसका लागि धन्यबाद पनि दिएको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ दुर्गा शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।