रोल्पाबाट पछिल्लो २ महिनामा झण्डै १५ सय जना वैदेशिक रोजगारीमा गए


काठमाडौँ । रोल्पाबाट पछिल्लो २ महिनाभित्रै झण्डै १५ सय जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारी विभागको तथ्याङ्क अनुसार नयाँ र पुन : श्रम स्वीकृति लिएर दसैँअघिको २ महिनाभित्र रोल्पाबाट वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै १५ सय रहेको छ ।

असोजमा मात्रै ५९२ जना रोल्पाबाट वैदेशिक रोजगारीमा गएका छन् । कम्पनी मार्फ ४९० जना पुरुष र ४२ जना महिला रोजगारीका लागि विदेशिएका हुन् ।

यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर ५५ जना पुरुष र ३ जना महिले वैदेशिक रोजगारीका लागि गएका छन् ।

विभागको तथ्याङ्क अनुसार ५९० जना वैैदेशिक रोजगारीमा जाने नयाँ हुन् ।

जि-टु-जी जाने नयाँ संख्या २ छ । यस्तै पुनःश्रमस्वीकृति लिएर जानेको संख्यामा पुरुषको १८० र महिला ७ गरी १८७ रहेको छ ।

विभागको तथ्याङ्क अनुसार रोल्पाबाट नयाँ श्रमस्वीकृति लिएर जानेको संख्या ५ सय ९२ रहेको छ भने नयाँ र पुरानो गरी ७ सय ७९ रहेको छ ।

भदौमा रोल्पाबाट ५ सय ४७ जना नयाँ श्रमस्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका छन् ।

जसमा महिला ४५७ र पुरुष ४३ सहित गरी ५ सय जनाले म्यानपावर एजेन्सीबाट श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

व्यक्तिगत श्रमस्वीकृति लिएर जानेमा पुरुष ३८ र महिला ४ गरी ४२ जना रहेका छन् ।

जि-टु-जी मार्फत जानेको संख्या ५ रहेको छ । यस्तै पुन : श्रमस्वीकृति लिएर पुरुष १४३ र महिला ४ गरी १४७ जना वैदेशिक रोजगारीमा फर्किएका छन् ।

यसरी हेर्दा भदौँमा नयाँ श्रमस्वीकृति ५४७ जना र नयाँ पुरानो गरेर ६९४ जना रोल्पाबाट वैदेशिक रोजागारीमा गएका छन् ।

समग्रमा हेर्दा भदौ र असोजमा मात्रै नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा ११ सय ३९ रहेको छ । यो तथ्याङ्क श्रमका लागि जानेको हो । यसमा अवैध तरिकाले जाने र विद्यार्थीको संख्या जोडिएको छैन ।