महिला लघुवित्तको नाफामा ३१ प्रतिशतले गिरावट


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष सोही अवधीमा १ करोड ५९ लाख रुपैयाँ मुनाफा कमाएको थियो । जसअनुसार गत वर्षको तुलनामा यस वर्ष सोही अवधिमा मुनाफामा ३१.९९ प्रतिशतले गिरावट आएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद मुनाफामा गिरावट देखिएको हो ।

गत वर्ष समिक्षा अवधिमा ७ करोड ७५ लाख रुपैयाँ व्याज आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा ७ करोड १४ लाख रुपैयाँ मात्रै व्याज आम्दानी गरेको छ ।

कम्पनी सञ्चालन नाफा पनि घटेर १ करोड ५५ लाख कायम भएको छ ।

चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ५४ लाख जम्मा छ ।

यसको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । संस्थाको कस्ट अफ फन्ड १०.११ प्रतिशत, एनपीएल ४.९२ प्रतिशत, बेस रेट १५.७८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २०.१ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ७० पैसा रहेको छ ।