निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी सुरु


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी सुरु गरको छ ।

माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मिति पुस २० गते गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ। प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भै पुस २२ गते सम्पन्न हुनेछन् ।

सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ।

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ।

मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुने आयोगको भनाई छ ।

उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सकिने छ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ।

मतदान कार्य मिति २०८० माघ ११ गते ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगको भनाई छ ।

मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना गर्ने आयोगको तयारी छ ।