त्रिभुवन विमानस्थलमा १४ किलो सुन बरामत, २ जना प्रकाउ


काठमाडौँ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलमा १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्र घले र मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घले १४ किलो सुनसहित प्रकाउ परेका हुन ।

सुनको बिस्कुट आकारको ७ थान ९१४० किलो सुन लुगामा बेरेर शरीका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा चन्द्र घलेलाई प्रकाउ गरिएको हो । विशेष सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति सुन बरामत गरेको हो ।

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेपछि मीन बहादुर घलेलाई पनि पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिए। पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।