एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट


काठमाडाैँ । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्घेश्य सहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । बुधबारबाट काठमाण्डौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको हो ।

दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरेका छन् ।

आटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गरेका थिए । महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गूणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्राकृतिक रुपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई १२० वर्षभन्दा दामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने उद्घेश्य रहेको एक्स कस्मोपोलिटिएनले जनाएको छ ।

एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको कम्पनीले उल्लेख गरेको छ । वेलकेयर अन्र्तगत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ ।

कम्पनीका अनुसार सुभनियर बुटिक अन्र्तगत नेपालको समुन्द्री सतह देखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु बिक्रीको लागि राखिने छ ।

विशेषतः नेपाली लगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनले जनाएकाे छ ।