घोराही सिमेन्ट नोक्सानीमा


काठमाडौँ। घोराही सिमेन्ट नोक्सानीमा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा रहेको देखिएको हो । गत आर्थिक वर्षको अवधिमा १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा नोक्सानीमा रहेको देखाएको हो ।

कम्पनीको बिक्री आम्दानी १ अर्ब ७१ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६८ करोड ८७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो । कम्पनीको अन्य आम्दानी ९८.८७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ३७ लाख रुपैयाँ गरेको आम्दानी यो वर्ष भने ११ लाख ७७ हजार रुपैयाँमा झरेको जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९.१६ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने २२५.४५ रुपैयाँ छ ।