केन्द्रीय कारागारलाई १० लाख रूपैयाँ बराबरकाे पुस्तक हस्तान्तरण


काठमाडौँ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा काठमाडौंले १० लाख रुपैयाँ बराबरका पुस्तकहरु केन्द्रीय कारागारलार्ई हस्तान्तरण गरेको छ ।

पठन संस्कृतीको बिकास गर्ने उद्देश्यले सरस्वती पूजाको अबसर पारी सामाजिक उत्तरदायित्व अन्तर्गत २ हजार थान पुस्तकहरु केन्द्रिय कारागार सुन्धारामा हस्तान्तरण गरिएको जिल्ला शाखा काठमाडौंका प्रथम उपाध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।

केन्द्रिय कारागारका जेलर ललित बस्नेत मार्फत गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा महासंघका पूर्व केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महासचिब तथा एसोसिएट केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

यसैगरि केहि समय अगाडी आगलागिबाट क्षती पुगेको काठमाडौंस्थित बानियाटारको कुमार बुक्स एण्ड स्टेशनरीलाई १ लाख १ हजार १११ रुपैयाँको चेक हस्तारण गरेको छ । आगलागीबाट ठूलो क्षती भएका कारण पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा काठमाडौंले सहयोग स्वरुप सो रकम हस्तान्तरण गरेको प्रथम उपाध्यक्ष गिरीले बताए ।

जिल्ला शाखा काठमाडौंका अध्यक्ष नारायण प्रसाद दाहालले चेक हस्तान्तरण गर्दै पुस्तक व्यबसायीलाइ परेको पीडामा काठमाडौं शाखाले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।