सोमबार झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन गोर्खा फाइनान्स कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा गुराँस फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त र पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१५ प्रतिशतले घटेको छ ।

कुल ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ ।