काठमाडौँ । सुनको मूल्यले आज सोमबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार छापावाला सुनको मुल्य अघिल्लो कारोबारको तुलनामा तोलामा ६०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन तोलाको एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले दिएको जानकारी अनुसार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्