अमेरिकी उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत


मार्चमा अमेरिकी उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत पुगेकाे छ । एक वर्ष अघिको तुलनामा उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशतमा पुगेको हाे । फेब्रुअरीमा ३.२ प्रतिशत पुगेकाे थियाे । जसले मुद्रास्फीति दबाब जारी रहेको सङ्केत गर्छ ।

अमेरिकी श्रम विभागले उपभोक्ता मूल्य सूचकांक मार्चमा मौसमी समायोजन आधारमा ०.४ प्रतिशतले बढेको जनाएको छ । पछिल्लो मुद्रास्फीति प्रतिवेदनले कोर सीपीआई खाद्य र ऊर्जा बाहेक मार्चमा ०.४ प्रतिशतले बढेको छ ।  

ऊर्जा सूचकांक मार्चमा समाप्त हुने १२ महिनाको लागि २.१ प्रतिशतले बढेको छ । जुन फेब्रुअरी २०२३ मा समाप्त भएको अवधि पछिको पहिलो १२ महिनाको वृद्धि हो । खाद्य सूचकांक गत वर्षको तुलनामा २.२ प्रतिशतले बढेको छ ।