काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष (२०८०\०८१)काे तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजिनक गरेको छ ।।
उक्त विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै इन्स्योरेन्सको खुद बिमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीकाे खुद बिमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल आम्दानी १४.४१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ।
३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीले ४३ करोड ३५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ५९ लाख रुपैयाँ खर्चिएको थियो ।
प्रतिक्रिया दिनुहोस्