सिन्धुलीको मूलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट सञ्चालन


काठमाडौँ । होटल पौवा प्रा.लिले सिन्धुलीको मुलकोटमा र खोटाङको हलेसीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको छ। कम्पनीले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैै एकैसाथ दुई ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएको हो।

जहाँबाट आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देशभर पौवालाई विस्तार गरिएको कम्पनीले जनाएकाे छ । पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मूलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पु¥याउन मिसन १०० को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने “८ वर्षदेखि पर्यटन उद्योगलाई विस्तार गर्न होटलमा लगानी गरेका छौं । काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मूलकोट पर्यटकका लागि उत्तम गन्तव्य हो । काठमाडौँको भीडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौँ ।”

पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले पौवाको विस्तार व्यवसाय मात्र नभएर संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेकाे बताए । उनले भने , “नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ । पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । “

पौवाका व्यवस्थापक धुव्र न्यौपानेका अनुसार पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको उनले बताए ।

कम्पनीले आगामी १० बर्षमा विदेशमा पनि आफ्नो शाखा विस्तार गर्ने लक्ष्य लिएको न्यौपानेले बताए । देशभर शाखा विस्तारमा तिव्रता दिइरहेको उक्त होटलमा हालसम्म ५५ जनाले लगानी गरेका छन् भने ७ सय जना बढीले रोजगारी पाएका छन् ।

Skip This