इरानी राष्ट्रपतिद्वारा आणविक हतियारको महत्वाकांक्षा अस्वीकार


इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सोमवार आफ्नो देशको आणविक हतियार विकास गर्ने कुनै इरादा नभएको दाबी गरेका छन् । आणविक हतियार नखोज्ने उनकाे दाबी थियो ।

आफूहरुको लक्ष्य प्राविधिक र वैज्ञानिक आवश्यकताहरू पूरा गर्नु रहेको उनकाे भनाइ छ । इरानले ६० प्रतिशत शुद्धतामा युरेनियम प्रवद्र्धन गरेकोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको हालैको चेतावनीको प्रतिक्रियामा उहाँको टिप्पणी आएको हो ।

पेजेस्कियानले इरान सन् २०१५ को आणविक सम्झौताद्वारा स्थापित ढाँचाप्रति प्रतिवद्ध रहेको उनले बताए । सन् २०१५ मा हस्ताक्षर भएको जेसीपीओएले इरानले प्रतिवन्धको राहतको बदलामा आफ्नो आणविक कार्यक्रम सीमित गर्न सहमत रहेको बताएको छ  ।