कृषि सामग्री कम्पनीले सिंगापुरको आदित्य बिरलालाई दियो २५ हजार टन डिएपी मल आपूर्तिको ठेक्का


काठमाडौँ । सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डिएपी मल खरिद गर्ने ठेक्का दिएको छ।

करिब २ अर्ब ५६ करोड रूपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डिएपी मल आपूर्ति गर्ने ठेक्का दिइएको हो ।

कृषि सामग्री कम्पनीले प्रतिटन ७ सय ५९ डलरमा नेपालले मल किन्ने गरी ठेक्का दिएको हो। आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले वीरगञ्ज, विराटनगर र भैरहवामा मल आपूर्ति गर्नेछ।