काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरण गरेका छन् । आइतबार कृष्णबहादुर कार्की र नवराज अधिकारीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति कार्य समपन्न गरेका हुन्।
सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका तीन जना आवेदकहरुलाई आइतबार अन्तर्वार्ताका लागि बोलाइएकोमा २ जना मात्र उपस्थित भएका थिए । अन्तर्वार्तामा चिरञ्जिवी चापागाँइ सहभागी नभएपछि कार्की र अधिकारीले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरेका हुन् ।
अध्यक्ष छनोट समितिले ५ जनाको नाम सर्टलिष्ट गरेकोमा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्