काठमाडौँ । एजुकेसनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल(एडिन)द्वारा ´स्कुल डेभलपमेन्ट ह्यान्डबुक´ नामक पुस्तक प्रकाशन गरेको छ ।
आज एक समारोहबिच एडिनका निर्देशकद्वय मनाेज कुमार श्रेष्ठ र नेत्र न्याैपानेले पुस्तक विमाेचन गरेका हुन् ।
अष्ट्रियन नागरिक बरनार्ड पाेसर्ट र हिक्मत दाहालद्वारा लिखित उक्त पुस्तक विद्यालयकाे समग्र विकास र व्यवस्थापनकाे गामामाए मोडलमा आधारित भएर तयार पारिएकाे पुस्तकका लेखक हिक्मत दाहालले बताए ।
पुस्तकबारे बाेल्दै बलराम भट्टले बदलिँदो परिप्रेक्षमा पुस्तककाे महत्त्व र यसकाे प्रयाेगबाट विद्यालय नेतृत्वले आफ्ना विभिन्न क्षेत्रलाई कसरी गतिशील बनाउन सक्दछ भनेर प्रकाश पारे ।
विशेषगरी काेभिडपश्चात विद्यालयहरूमा भएका नवीन प्रयाेग, विद्यार्थी केन्द्रीत सिकाइ, शिक्षक विद्यार्थी सम्बन्ध तथा सिकाइ सम्बन्धि बदलिँदो धारणा समावेश भएकाे यस ह्यान्डबुक धेरै कार्यशालाहरूकाे निचाेडकाे रूपमा प्रस्तुत भएकाे जानकारी गराउँदै वक्ताहरू प्रकाश राज बुढाथोकी र माेदराज पाण्डेले यसकाे प्रयाेगले विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई सहयाेग पुग्ने बताए ।
एडिनले शैक्षिक कार्यशाला, बहस, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरूकाे माध्यमबाट शैक्षिक जागरणमा सहयाेग पुर्याइरहेकाे छ। यस संस्थाले विभिन्न स्थानीय निकाय, निजी तथा सरकारी विद्यालयहरूमा शिक्षक, विद्यार्थी तथा नेतृत्वलाई आवश्यक तालिम, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक अध्ययन अनुसन्धान गर्ने रिसर्चरलाई ग्रान्ट समेत उपलब्ध गराइरहेकाे बिनाेद बाबु ढकाललले बताए ।
एडिनकाे कार्यालय बालाजुमा आयाेजित उक्त पुस्तक विमाेचन कार्यक्रममा काठमाडौँ उपत्यकाका ५४ जना स्कुल लिडरहरूकाे सहभागिता रहेकाे थियाे।
प्रतिक्रिया दिनुहोस्