काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् ।
साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन् ।
बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनौट गरी काम गरिरहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
प्रतिक्रिया दिनुहोस्