आईपीओ जारी गर्न नेपाल माइक्रो इन्स्योरेन्सलाई बोर्डले दियो अनुमति


काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न यहि पुस २५ गते अनुमति दिएको छ ।

नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति पाएको हो।

नेपाल माइक्रोको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।