काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
हरेक वर्ष माघ ४ गतेलाई इप्पानले आफ्नो वार्षिकोत्सवको रूपमा मनाउने गर्दछ । यस वर्षपनि विविध कार्यक्रमहरुसहित इप्पान डे मनाउन लागिएको र सोही कार्यक्रमअन्तर्गत यस वर्ष भव्यताका साथ मनाउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
उनले नेपालको उज्यालो उर्जाबाटै सम्भव रहेकाले विशेष रूपमा इप्पान डे मनाउन लागिएको बताए । इप्पान दिवसअन्तर्गत नै फुटसल, ब्याडमिन्टन, निवन्ध प्रतियोगिता, वृत्त चित्र लगायतका कार्यक्रमहरु आयोजना गरेको बताए । उनले हरेक वर्ष रगत संकलनको काम गरिरहेका र यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको बताए । रगत संकलन कार्यक्रमअन्तर्गत सय जना भन्दा बढीले रक्तदान गर्ने जानकारी दिए ।
उनले उर्जा जत्तिकै रगत पनि महत्वपूर्ण रहेको र जाडो याममा रगतको माग बढी हुने भएकाले उर्जा क्षेत्रमा लाग्नेहरुले रगत संकलन गर्न लागेको बताए। इप्पान रजत जयन्तको अन्तिम तयारीमा रहेको र बिहीवार बिहान इभी ¥यालीको आयोजना गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्