काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालले जलविद्युत कार्बन व्यापारबाट वार्षिक एक करोड बढीको डलर व्यापार गर्नसक्ने बताएका छन्।
इप्पानले शुक्रवार काठमाडौंमा आयोजना गरेको नेपालको जलविद्युतको हरित मुद्रीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले नेपालमा ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेको र त्यसबाट उत्पादन भएको कार्बनको व्यापार गर्दा वार्षिक रुपमा एक करोड डलर आउने बताए ।
उनले नेपालको ४६ प्रतिशत क्षेत्र वन र खोला नदी, वन गरी ८३ प्रतिशत ल्याण्ड कभर गरेको बताए । उनले कार्बनको व्यापार ठूलो सम्भावना रहे पनि वनका रुख काट्न नपाउने तथा छिर्न नपाउने स्थिति रहेको बताए । उनले नेपालले धेरै कार्बन उत्पादन गरिरहेको बताए ।
उनले अहिलेसम्म जलविद्युत व्यवसायी तथा निजी क्षेत्र कार्बन डलर कमाउनेतर्फ उन्मुख नभएको बताए । उनले सरकारले कार्बन व्यापारको लागि आवश्यक नीतिगत रुपमा सहजिकरण गर्नु आवश्यक रहेको बताए ।उनले नेपालले कार्बनको व्यापार गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था रहेको बताए ।
उनले नेपालमा वन विनास र अत्यधिक दाउरा संकलनका कारण हुने वन क्षयीकरणबाट वर्षेनी करिव १३ लाख टन कार्बनडाइअक्साइड ग्यास ऊत्सर्जन हुने अनुमान छ । नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र पूरा गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्