जीवन बिमा कम्पनीहरूले ७ महिनामा संकलन गरे ९५ अर्बभन्दा बढी बिमाशुल्क, कुन कम्पनीको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को सात महिना (साउनदेखि माघ) सम्म जीवन बिमा कम्पनीहरूले ९५ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३४ लाख ७ हजार ४८ वटा बिमा पोलिसी बिक्री गरी ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले २६ अर्ब ५४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै एलआइसी नेपालले ११ अर्ब १७ करोड रुपैयाँ, हिमालयन लाइफले ९ अर्ब ९० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ९५ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।

यसैगरि राष्ट्रिय जीवन बिमा कम्पनीले ३ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ गरेका छन् । मेट लाइफले ३ अर्ब ३७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरी आइएमई लाइफले २ अर्ब ९० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कले देखाएकाे छ ।