सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय


काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्दै कम्पनीले सेयरधनिलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आव २०८०/०८१ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात वित्तीय विवरण संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्नेछ ।