झापाका हेमचन्द्र खनाल ‘उत्कृष्ट दुग्ध व्यवसायी’ का रूपमा सम्मानित


काठमाडौँ । ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने नाराका साथ मनाइएकाे विश्व दूध दिवस २०२५ को अवसरमा झापाको दमक नगरपालिकाका दुग्ध व्यवसायी हेमचन्द्र खनाललाई ‘उत्कृष्ट दुग्ध व्यवसायी’ को रूपमा सम्मान गरिएको छ।

खनालले दुग्ध व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले उनलाई सम्मान गरेको हो।

खनालले पूर्व नेपाल कृषि तथा दुग्ध विकास केन्द्र प्रा. लि. मार्फत दुग्ध उत्पादन, संकलन र वितरणमा योगदान दिदैँ आएका छन्।

बोर्डका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले थापालाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । यो वर्षको विश्व दुग्ध दिवस बागमती प्रदेशको राजधानी हेटौडामा आइतवार मूल कार्यक्रम सम्पन्न भएको छ ।