काठमाडौँ । लेमिनार टायल्सले ललितपुरमा आफ्नो ‘विशेष डिलर शोरूम’ सञ्चालनमा ल्याएको छ ।
ललितपुरको भैसेपाटीस्थित कार्यबिनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सको शोरूम उद्घाटन गरिएको हो ।
आयोजित औपचारिक समारोहमा कार्यबिनायक ट्रेड सप्लायर्सका सञ्चालक मनि राज महर्जन र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उदघाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अभिनव चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।
यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ रहेको र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्