काठमाडाैँ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचिबाट हटाइएको सभामुख देवराज घिमिरेले बताए।
सभामुख घिमिरेले रास्वपा र राप्रपा सांसदहरुलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गरे। तर रास्वपा र राप्रपाले विरोध जारी राखेपछि आजको लागि प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सभामुखले जानकारी गराए । संसदलाई नियमवद्ध रूपमा अघि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्