रास्वपाको अवरोधसँगै प्रतिनिधि सभाको बैठक सुचारु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गर्ने कार्यलाई आज पनि निरन्तरता दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका थिए।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखे ।

सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेको छन्।