काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।
आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिब तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताए।
उनले भने, ‘यदि साँच्चै हामी ऐक्यवद्धता जनाएर महासंघ बनाएका हौँ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । एउटा शक्ति पनि हो, झन्डै तीन सय हाराहारी संस्थाहरू आवद्ध छाँै भन्नुभाछ, त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । यो टे«डिसनल (परम्परागत) हिसावमा चलिरहनु हुँदैन ।
२४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे ।
मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए। पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघलाई आग्रह गदैै सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्