स्वास्थ्य सेवा स्थानीय तहमा गएका छन्, तर बजेटको दुरुपयोग, प्रशासनिक लापरवाही र रणनीतिक कमीका कारण समस्या झन् गहिरिएको छ। सामान्य उपचारमा लाखौँ खर्च गर्नुपर्ने बाध्यता छ। अझ भनौँ, एकमुठी सास जोगाउन लाखौँ ऋणको भारी जीवनभर बोक्न बाध्य छन् उपल्लो डोल्पाली।
– डा. अखण्ड उपाध्याय
राज्यले देखेको राज्यभित्रको एउटा भू-भाग हो उपल्लो डोल्पा, जहाँ नागरिकले भोगिरहेको स्वास्थ्य उपचारको पीडा हिमालभन्दा पनि अग्लो छ। कुनै पनि देशको सीमाभित्र बस्ने आम नागरिकको शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको ग्यारेन्टी राज्यले दिनुपर्छ, तर उपल्लो डोल्पाका नागरिकका लागि राज्य छैन, सरकार छैन, नेतृत्व छैन। यिनै सबैभन्दा टाढा बसेर सर्वसाधारण बाँचिरहेका छन्।
सामान्य उपचारमा लाखौँ खर्च गर्नुपर्ने बाध्यता छ। अझ भनौँ, एकमुठी सास जोगाउन लाखौँ ऋणको भारी जीवनभर बोक्न बाध्य छन् उपल्लो डोल्पाली।
नेपालकै सबैभन्दा ठूलो, भौगोलिक रूपमा विकट जिल्ला हो डोल्पा। अपार प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि आजको दिनसम्म उपल्लो डोल्पाबासी आधारभूत स्वास्थ्य सेवाको अभावमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। संघीयता पछि, स्वास्थ्य सेवा स्थानीय तहमा केन्द्रित गरिएको छ, बजेट, जनशक्ति पनि स्थानीय तहमै छन्, तर स्वास्थ्य सेवा झनै नाजुक बन्दै गएको छ।
सामान्य टिबीको औषधि लिन हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। पालिकाभित्र स्वास्थ्य समस्याहरू दिनप्रतिदिन बढ्दै छन्, स्थानीय सरकारहरू ठोस कदम चाल्न असमर्थ छन्, प्रदेश सरकार, केन्द्र सरकार बजेट पठाएर मख्ख छन्। तर दुर्गमबासीका लागि बजेट मात्रले चमत्कार गर्न सक्दैन भन्ने कुरा दुबै सरकारले बुझ्न जरुरी छ।
राज्यको परिकल्पना हो, स्वास्थ्य सेवा स्थानीय तहमा राख्दा गुणस्तरमा सुधार हुन्छ भन्ने, तर विडम्बना, स्वास्थ्य संस्था कागजमै छन्, भवन छन्, कर्मचारी छन्, सेवा भने भरपर्दो छैन। बर्सेनि पचासौँ करोडको बजेट ल्याउने स्थानीय तहहरू महिनौँसम्म औषधिविहीन हुने गरेका छन्।
सामान्य टिबीको औषधि लिन हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। पालिकाभित्र स्वास्थ्य समस्याहरू दिनप्रतिदिन बढ्दै छन्, स्थानीय सरकारहरू ठोस कदम चाल्न असमर्थ छन्, प्रदेश सरकार, केन्द्र सरकार बजेट पठाएर मख्ख छन्। तर दुर्गमबासीका लागि बजेट मात्रले चमत्कार गर्न सक्दैन भन्ने कुरा दुबै सरकारले बुझ्न जरुरी छ।
आधारभूत स्वास्थ्य सेवाको कुरा गर्दा सबैभन्दा बढी पीडित उपल्लो डोल्पाका जनताहरू नै छन्। सबै जनाको राज्यमा पहुँच छैन, सबै धनी पनि होइनन्, तर उपल्लो डोल्पालीका लागि न्यूनतम स्वास्थ्य सेवा पनि धनी नभई सम्भव छैन। चाहे चर्को ब्याजमा ऋण लिएर होस्, वा सामाजिक अभियान चलाएर — टाउको दुख्दा, हातखुट्टा भाँचिँदा, हेलिकप्टर चार्टर गर्नु नै विकल्प हुन्छ।
उपल्लो डोल्पामा आकस्मिक स्वास्थ्य समस्या आएमा कम्तीमा १५–२० लाख रुपैयाँ पासमा नभएसम्म ज्यान जोगिन सक्दैन, त्यो पनि हेलिकप्टर उद्दारका लागि मात्र। उपचार खर्च, होटल खर्च त परैको कुरा।
सदरमुकाममा सडक पुगेको केही वर्ष भयो, तर बर्खामा गाडी चार–पाँच ठाउँमा परिवर्तन गर्नुपर्छ। उपल्लो डोल्पाका धेरै ठाउँहरू अझै हप्तौँ पैदल हिँड्नुपर्ने अवस्थामा छन्। यस्तो अवस्थामा २४ घन्टाभित्र अस्पताल पुग्नुपर्ने बिरामी भए, अकाल मृत्युबाहेक विकल्प हुँदैन।
उपल्लो डोल्पामा आकस्मिक स्वास्थ्य समस्या आएमा कम्तीमा १५–२० लाख रुपैयाँ पासमा नभएसम्म ज्यान जोगिन सक्दैन, त्यो पनि हेलिकप्टर उद्दारका लागि मात्र। उपचार खर्च, होटल खर्च त परैको कुरा।
केही दिनअघि, एक चिकित्सकका दाइ शे, फोक्सुण्डो गाउँपालिकाको सिमेन भन्ने ठाउँमा खुट्टा भाँचिएपछि थप उपचारका लागि काठमाडौँ जानुपर्ने भयो। खबर आउन एक दिन लाग्यो। निजी हेलिकप्टरले ९ लाख ५० हजार माग्यो, जुन सामान्य परिवारका लागि अत्यन्तै ठूलो रकम हो। चिकित्सकका भाइले सामाजिक सञ्जालमा सहयोगको गुहार गरे। एकजना वरिष्ठ चिकित्सकले पहल लिएर नेपाल आर्मीको हेलिकप्टरबाट केही सस्तोमा उद्दार गराउने प्रयास गरे, तर खराब मौसमका कारण उद्दार हुन सकेन।
दुनैस्थित जिल्ला अस्पतालसम्म आउने बिरामीमा उपल्लो डोल्पाबासीको संख्या न्यून छ। माथिल्लो डोल्पाका डोल्पो बुद्ध, छार्काताङसोङ, शे, फोक्सुण्डो गाउँपालिकाका नागरिक आकस्मिक बिरामी भएमा जिल्ला अस्पतालमा उपचार पाउने सम्भावना झिनो छ, किनभने दुनै पुग्न नै एक हप्ता लाग्छ। यस्तो अवस्थाले आकस्मिक उपचार असम्भव बनाएको छ।
भूगोलले मात्र होइन, राज्यले पनि उपल्लो डोल्पालाई ठगेको छ भन्दा आत्मग्लानी नहुनुपर्ने हो।
दुनैस्थित जिल्ला अस्पतालसम्म आउने बिरामीमा उपल्लो डोल्पाबासीको संख्या न्यून छ। माथिल्लो डोल्पाका डोल्पो बुद्ध, छार्काताङसोङ, शे, फोक्सुण्डो गाउँपालिकाका नागरिक आकस्मिक बिरामी भएमा जिल्ला अस्पतालमा उपचार पाउने सम्भावना झिनो छ, किनभने दुनै पुग्न नै एक हप्ता लाग्छ। यस्तो अवस्थाले आकस्मिक उपचार असम्भव बनाएको छ।
आज पनि कम्तीमा ९ लाख नहुनेले अस्पतालको मुख हेर्न नपाउने बाध्यतामा उपल्लो डोल्पाली बाँचिरहेका छन्। कहिलेकाहीँ माथिल्लो डोल्पाका नागरिकले सोच्दा होलान्, “भगवान, जटिल रोग लाग्नुभन्दा सीधै मारे देऊ!”
यो समस्या आजको होइन, वर्षौँदेखि यस्तै छ। देशको व्यवस्था फेरिंदै गएको छ, नेतृत्व फेरिंदै गएका छन्, तर समस्या उस्तै छ। अवस्था झन् विकराल छ। र, दुःख त तब लाग्छ, राजधानीमा सामान्य रुघाखोकी लाग्दा पनि सुविधा सम्पन्न अस्पतालमा हप्तौँ भर्ना भएर बस्ने नेताहरूका लागि डोल्पाका आमाबुबा, दाजुभाइको रगत बग्दा पनि केही फरक नपर्ने जस्तो देखिन्छ।
यो समस्या आजको होइन, वर्षौँदेखि यस्तै छ। देशको व्यवस्था फेरिंदै गएको छ, नेतृत्व फेरिंदै गएका छन्, तर समस्या उस्तै छ। अवस्था झन् विकराल छ।
यदि उनीहरूलाई डोल्पालीको पीडाले छोएको भए, खुट्टा भाँचिएको पाँच दिनपछि ८ लाख ५० हजार तिरेर हेलिकप्टरमा जानु पर्ने थिएन होला।
देशको शासक वर्गलाई थाहा छ, माथिल्लो डोल्पामा आज पनि मानव बस्ती छ। त्यहाँ पनि आमा, बा छन्, अझ भनौँ, त्यहीँका मतदाता पनि छन्। त्यहाँ बच्चा जन्मिन्छन्, बिरामी पर्छन्, तर बच्चा जन्माउन बर्थिङ सेन्टर छैन। स्वास्थ्य संस्था छन्, सुविधा छैन। डाक्टर छैनन्, औषधि छैन।
यसो हुँदाहुँदै पनि बाँच्ने आशा अझै बाँकी छ। त्यो आशा आज पनि स्थानीय आम्ची, धामी, झाँक्री, केही समर्पित स्वास्थ्यकर्मी, र, समाजसेवीहरूको बलमा टिकिरहेको छ।
अब तपाईंले सोच्नुभयो होला, समस्या त देखाइयो, समाधान के?
यदि राज्यले म जस्ता भुइँमान्छेहरूको आवाज सुन्छ भने, शे, फोक्सुण्डो, डोल्पो बुद्ध, र छार्काताङसोङ गाउँपालिकामा कम्तीमा ५ शय्याको अस्पताल बनाइनुपर्छ, जहाँ एमबिबिएस डाक्टर बस्ने व्यवस्था होस्। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइयोस्।
यदि राज्यले म जस्ता भुइँमान्छेहरूको आवाज सुन्छ भने, शे, फोक्सुण्डो, डोल्पो बुद्ध, र, छार्काताङसोङ गाउँपालिकामा कम्तीमा ५ शय्याको अस्पताल बनाइनुपर्छ, जहाँ एमबिबिएस डाक्टर बस्ने व्यवस्था होस्। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइयोस्।
जिल्ला अस्पतालमा कम्तीमा एक जना हाडजोर्नी विशेषज्ञ, एउटा एक्सरे मेसिन, एक जना एमडीजीपी डाक्टर, र, अन्य आवश्यक जनशक्तिसहित उचित तलब, भत्ताको व्यवस्था गरियो भने करिब ८० प्रतिशत रिफर केसहरू कम हुनेछन्।
अब समय आएको छ, शासन चलाउनेहरूले आत्मसमीक्षा गर्ने। चाहे ती स्थानीय तहका जिम्मेवार हुन्, चाहे प्रदेश वा संघ सरकारका सबैले गम्भीर भएर उपल्लो डोल्पालीका घाउमा मल्हम लगाउन आवश्यक छ।
(लेखक डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन् । लेखकका निजी विचार हुन् ।)
प्रतिक्रिया दिनुहोस्