काठमाडौँ । देशका पहाडी भूभागका स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती देशभर साधारणतया बदली रहनेछ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्