देशका विभिन्न भूभागमा भारी वर्षाकाे सम्भावना


काठमाडौँ । आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।