काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति नेपाल ट्रक यातायात महासंघले गहिरो आक्रोश र दुःख प्रकट गरेको छ । महासंघका महासचिव राजेन्द्र बिक्रम बानिँयाले मंगलबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्य शक्तिको प्रयोग गरेर गरिएको दमन निन्दनीय रहेको उल्लेख गरिएको छ ।
महासंघले सहादत प्राप्त विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना प्रकट गरेको छ । साथै आन्दोलनमा घाइते भएका युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा सरकारले तत्काल सम्बोधन गर्नुपर्ने तीन माग अघि सारिएको छ । तीमध्ये शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल बन्द गर्न, सहादत प्राप्त विद्यार्थीहरूको सम्मान र न्यायका लागि दोषीलाई कानूनी कारबाहीमा ल्याउन र घाइते युवाको पूर्ण तथा उचित उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यस्तै, महासंघले सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज र सरोकारवालालाई संयमता अपनाई शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने साझा अभियानलाई अघि बढाउन आह्वान गरेको छ
प्रतिक्रिया दिनुहोस्