काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले आइपिओ निष्काशन बन्द छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते हुने जनाएको छ ।
कम्पनीले पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आइपिओ जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्