आज मन्त्रिपरिषद् बिस्तार हुँदै, दिउँसो दुई बजे चार मन्त्रीको सपथ ग्रहण


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आज दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तयारी गरिएको छ।

स्रोतका अनुसार मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष पठाइसकिएको छ। नयाँ मन्त्रीहरूमा पूर्वसचिव डा. सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता रहेका छन्। डा. शर्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, सुनुवार श्रम तथा रोजगारमन्त्री, र गुप्ता युवा तथा खेलकुदमन्त्रीका रूपमा सिफारिस भएका छन्।

यद्यपि, गणपतिलाल श्रेष्ठको मन्त्रालयमा अन्तिम समयमा परिवर्तन गरिएको सचिवालयले जनाएको छ। उनलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि अन्ततः भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यससँगै पर्यटन मन्त्रालय हालका लागि रिक्त राखिएको छ। प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी हस्तान्तरणका तयारी पनि अघि बढाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।