देउवा दम्पती उपचारका लागि सिङ्गापुर प्रस्थान


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी डा. आरजु राणा देउवा सिङ्गापुर गएका छन् ।

जेनजी आन्दोलनमा कुटपिटमा परेको देउवा दम्पती चिकित्सकको सल्लाह अनुसार थप स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको नेपाली कांग्रेसले जनाएको छ ।

देउवा दम्पती गएराति ११ः०५ बजे सिङ्गापुर एयरलाइन्सको उडानबाट सिङ्गापुर प्रस्थान गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।