काठमाडाैँ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गरेका हुन् ।
नवनीर्मित विद्यालयको भवन उदघाटन गर्नुहुँदै महावाणिज्यदुत मिणाले भारत सरकार नेपालको आधारभुत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
उनले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पूर्तिकालागि सदैव तयार रहेको कुरा यो विद्यालयको भवन उदघाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताए।
उक्त विद्यालय भवन तथा सम्बद्ध पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सो विद्यालय भवनको निर्माण गरिएको जनाइएको छ । भारत सरकारले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाई लगायतको ८६ वटा परियोजनामा काम गरिरहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्