काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ ।
शुक्रवार बसेको पार्टीको नवनिर्वाचित केन्द्रिय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्दिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले केन्द्रिय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रश्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताए । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रिय सचिवालयलाई समेत दिएको छ ।
एमालेले पार्टीको एघाराैँ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्