काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ६७ हजार ५०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ६९ हजार ३०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १६५ रूपैयाँले बढेर ४ हजार ५६५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्