काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित एक उद्योगबाट उत्पादित खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार महालक्ष्मी दालमोठ उद्योग, चन्द्रागिरी नगरपालिका–१२, काठमाडौँले उत्पादन गरेको ‘मिक्स दालमोठ’ (भालेश्वोर ब्राण्ड, ६०० ग्राम) न्यूनस्तरको खाद्य पदार्थ पाइएको हो। उक्त उत्पादनको व्याच नम्बर ०३ रहेको छ। उत्पादन मिति २०२५/११ र उपभोग्य मिति ६ महिना रहेको विभागको सूचनामा उल्लेख छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम सम्बन्धित व्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट फिर्ता (रिकल) गर्न र दफा ३८ (४) अनुसार बिक्री वितरण नगर्न/नगराउन निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले उपभोक्तालाई सो व्याच नम्बरको उत्पादन प्रयोग नगर्न आग्रह गर्दै बजारमा देखिएमा नजिकको निकाय वा विभागमा जानकारी गराउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्