काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्