अमेरिकी डलरको भाउ केही बढ्यो, अन्य मुद्राको विनिमय दर कस्तो छ ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलरको मूल्य केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ छ ।

हिजो डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा छ ।

चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम गरिएको राष्ट्र बैँकले जनाएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९१ पैसा र बिक्रीदर नौ रूपैयाँ ९५ पैसा कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ६५ पैसा तोकिएको छ ।