काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले मध्यपूर्वको द्वन्द्वका कारण यस वर्षको बाँकी अवधिभर एसिया–प्रशान्त क्षेत्रभर आर्थिक वृद्धि कमजोर हुने र मुद्रास्फीति बढ्ने अनुमान गरेको छ ।
एडिबीका अध्यक्ष मासातो कान्डाले इरान द्वन्द्वलाई क्षेत्रीय आर्थिक वृद्धिका लागि गम्भीर परीक्षा भएको बताएका छन् ।
एडिबीको विश्लेषणअनुसार यदि यो युद्ध तेस्रो त्रैमासिकसम्म पनि जारी रह्यो भने एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धि घटेर ४.७ प्रतिशतमा सिमित हुन सक्छ, जुन गत वर्ष ५.४ प्रतिशत थियो ।
मुद्रास्फीति पनि बढेर सन् २०२६ मा ५.६ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । गत वर्ष ३.० प्रतिशत मात्र थियो । इरान र अमेरिकाबिच २ हप्ते युद्धविराम भए पनि तनाव कायमै छ ।


प्रतिक्रिया दिनुहोस्