पहिलो त्रैमासिकमा चीनको आर्थिकवृद्धि दर बलियो,दबाब भने बढ्दो


काठमाडौँ । सन् २०२६ को सुरुआती महिनाहरूमा चीनको अर्थतन्त्रले गति लिएको देखिएको छ ।

इरान युद्धले ऊर्जाको लागत तीव्र रूपमा बढाउनु र विश्वव्यापी मागमा जोखिम सिर्जना गर्नु अगावै निर्यातमा आएको उछालका कारण पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धि दर बलियो देखिएको छ ।

पहिलो चीनले ४.५देखि ५ प्रतिशतको वार्षिक वृद्धिदरको लक्ष्य राखे पनि पहलो त्रैमासिकमै ५.० प्रतिशतको वृद्धिदर देखिएको छ । यसले एसियाका धेरै मुलुकहरूको तुलनामा चीनको अर्थतन्त्र बढी बलियो भएका सङ्केत गरेको छ ।

पर्याप्त रणनीतिक तेल भण्डार र विविधतायुक्त ऊर्जा मिश्रणका कारण चीनले आर्थिक वृद्धिदरमा स्थायीत्व कायम गर्न सकेको समाचार संस्था रोटर्सले जनाएको छ ।

मध्यपूर्वको द्वन्द्वले चीनको निर्यातमा आधारित आर्थिक वृद्धि मोडेलको आधारभूत कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेको रोयटर्सको टिप्पणी छ ।

विश्वको सबैभन्दा ठुलो ऊर्जा आयातकर्ता र प्रमुख उत्पादन केन्द्र रहेको चीनका लागि तेलको मूल्य आकासिँदा उत्पादन लागत बढ्ने खतरा छ । जसका कारण पहिले नै न्यून नाफामा सञ्चालन भइरहेका कारखानाहरूलाई थप दबाबमा पार्ने आँकलन छ ।

द्वन्द्व जति लामो समय तानिँदै जाने र जोखिम त्यति नै बढ्दै जाने विश्लेषण छ । अहिले नै चीनले दबाब महसुस गर्न थालेको रोटर्सको समचारमा उल्लेख छ ।