काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिइएको छ ।
उनी यसअघि सोही विभाग अन्तर्गत उपमहानिर्देशक थिए । उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
विवादमा तानिएपछि तत्कालीन महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालय तानिएको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दिपक भट्ट, शुलभ अग्रवाल, शंकर अग्रवालका विषयमा अनुसन्धान अधिकृत रहेका ढकाललाई नै महानिर्देशकको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्