काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट भएको छ भने प्रतिसेयर आम्दानी पनि घटेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार २७ प्रतिशतले नाफामा गिरावट आएको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले कुल ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको भन्दा २७.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको विवरणअनुसार सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँ भएको छ । चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ करोड ३३ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको विवरणअनुसार विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १२.९१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीले ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क सङ्कलन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको जीवन बीमा कोष १७.५९ प्रतिशतले बढेर २ खर्ब ६५ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्