अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिन बङ्गलादेश छलफलमा


काठमाडौँ । इरान–अमेरिका/इजरायल युद्धका कारण आर्थिक दबाब पर्ने देखिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग बङ्गलादेशले नयाँ वित्तीय सहायता प्याकेजबारे छलफल गरिरहेको छ ।

अमेरिकासहित इजरायल र इरानबिचको युद्धका कारण उत्पन्न आर्थिक धक्कालाई सामना गर्न वित्तीय सहयोगका लागि आइएमएफसँग आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

मार्चमा बङ्गलादेशका अधिकारीहरूले युद्धका कारण इन्धनको मूल्य वृद्धि भई आएको ऊर्जा सङ्कट व्यवस्थापन गर्न विश्वव्यापी ऋणदाताबाट झण्डै २ अर्ब डलर ऋण जुटाउन प्रयास गरिरहेको बताएका थिए ।

बङ्गलादेशका लागि आइएमएफका प्रतिनिधि इभो क्रजनारले “सरकारको सुधार एजेन्डा र नीतिगत प्राथमिकताबारे छलफल गरिरहेको” बताएका छन् ।