नेप्सेमा अध्यक्षको जिम्मेवारी सहसचिव अमृत लम्साललाई


काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई दिइएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार लम्साललाई नेप्से सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकिएको हो। लम्साल हाल अर्थ मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्।

यसअघि हेमन्त बस्याल अध्यक्ष थिए । सरकारले उनलाई ३ वर्षे कार्यकालका लागि नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो तर नयाँ सरकार आएसँगै व्यक्तिगत कारण देखाएर एक वर्ष पनि पूरा नहुँदै गत वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए । योसँगै नेप्सेको अध्यक्ष पद रिक्त रहेको थियो ।