तोलामा २०० रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ३ लाख १ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख १ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेर ४ हजार ६७० रूपैयाँमा कारोबार भइरहेको छ।