एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि ‘बेस रेट + ०.५%’ मा इभी अटो कर्जा सुरु


काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधानका लागि आधार दर + ०.५% को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ ।

वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरिएको बैंकले जनाएको छ ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो अफर सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरू, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।