हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता विशेष अदालतमा हाजिर


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता विशेष अदालतमा उपस्थित भएका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा गुप्ता आज विशेष अदालतमा उपस्थित भएका हुन् ।

व्यवसायी दीपक भट्टसँग जोडिएको मुद्दामा गुप्ता विरुद्ध पनि गते जेठ २८ गते मुद्दा दायर भएको थियो । गुप्ताको थुनछेक बहस नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा परेको छ ।